पुनरुत्थानको शृंखला। सूचकांक।

पुनरुत्थानको शृंखला।

अर्को। >>

पुनरुत्थानको - धर्मशास्त्र।
इतिहासमा सबैभन्दा ठूलो खबर कथा।
  उहाँ जीवित हुनुहुन्छ।

   पुनरुत्थानको - धर्मशास्त्र।

पुनरुत्थानको - धर्मशास्त्र।


David Shearer.

भविष्यवाणी पुनरुत्थान।

प्रेरित 2:25-27.
दाऊदले येशूको विषयमा यस्तो भनेका थिएः‘सधैं मैले प्रभुलाई सम्मुख देखें, मलाई बचाउँन उहाँ मेरो दाहिनेतिर हुनुहुन्छ।’ यसैले मेरो हृदय आनन्दित छ र मेरो मुख आनन्दसित बोल्दछ। मेरो शरीले पनि आशामा भरोसा गर्नेछ। किनभने तपाईंले मेरो प्राणलाई पातालमा छोडनुहुनेछैन। तिमीहरूले आफ्ना एक पवित्र जनलाई चिहानमा कुहुनुदिनेछैनौ।

प्रेरित 2:31.
यस्तो घटना हुन अघि नै दाऊदलाई यो कुरा थाहा थियो। यसैकारण येशूको पुनरुत्थानको विषयमा दाऊदले भनेः‘उहाँलाई नरकमा छाडिएको थिएन। उहाँको शरीर चिहानमा सडेन।’

येशूले आफ्नै पुनरुत्थान भविष्यवाणी गर्नुभयो।

मत्ती 16:21
त्यसै बेलादेखि यसो येशूले आफ्ना चेलाहरूलाई आफू यरूशलेम जान पर्नेछ भनेर प्रष्ट पार्न थाल्नुभयो। अनि यहूदीहरूका अग्रज प्रमुखहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाका शास्त्रीहरूले उहाँलाई धेरै यातना दिनेछन्। येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो कि उहाँलाई मारिनु नै पर्नेछ। अनि उहाँ तेस्रो दिनमा मृत्युबाट बौरी उठनु हुनेछ।

मत्ती 17:22-23
त्यसपछि, चेलाहरु गालीलमा भेला भए। येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई मानिसहरूको नियन्त्रणमा सुम्पिइनेछ। ती मानिसहरूले मानिसको पुत्रलाई मारिदिनेछन्। तर तेस्रो दिनमा मानिसको पुत्र बौरी उठनेछन्।”येशूलाई मारिनेछ भन्ने सुनेर चेलाहरू खुबै दुखित भए।

लूका 9:22
त्यसपछि येशूले भन्नुभयो, “मानिसका पुत्रले धेरै कष्ट सहनु पर्छ। यहूदी प्रधानहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूले तिनलाई अस्वीकार गर्छन्। मानिसको पुत्रलाई मारिनेछ। तर मरेको तेस्रो दिन उहाँलाई फेरि बौरी उठाइनेछ।”

मर्कूस 9:9
येशू अनि चेलाहरू डाँडाबाट ओर्लंदै हुनुहुन्थ्यो, उहाँले चेलाहरूलाई आज्ञा गर्नुभयो, “डाँडामा देखेका कुराहरूलाई तिमीहरूले कसैलाई नभन्नू। मानिसको पुत्र मृत्युबाट बौरी नउठेसम्म पर्ख। त्यसपछि तिमीहरूले यहाँ जे देख्यौ ती मानिसहरूलाई भन्न सक्छौ।”

अविश्वासीहरूले येशूलाई प्रश्न गर्छन् ...

मत्ती 22:23,28.
त्यही दिन केही सदुकीहरू येशूकहाँ आए। सदुकीहरू विश्वास गर्थे कि कुनै मानिस मृत्युबाट बौरी उठ्ने छैन। सदुकीहरूले येशूलाई एउटा प्रश्न गरे;... तर ती सातैजना दाज्यू-भाइहरूले त्यस आईमाईलाई विवाह गरेका थिए। तब पुनरूत्थनामा त्यो स्त्रीको पति कुन चाही हुनेछ?”

येशूले तिनीहरूलाई जवाफ दिनुहुन्छ ...

मत्ती 22:30-32.
त्यसबेला जब मानिसहरू मृत्युबाट बौरिउठ्छन् त्यहाँ विवाहको प्रश्न नै आँउदैन। मानिसहरू त्यहाँ एक-अर्का संग विवाह गर्ने छैनन्। सबै मानिसहरू स्वर्गका स्वर्गदूतहरू झैं हुनेछन्। यसकारण पुनरूत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नु भएको छ त्यो पढेका छैनौ। परमेश्वरले भन्नुभएको छ, ‘म अब्राहामको परमेश्वर, इसहाकको परमेश्वर, अनि याकूब का परमेश्वर हुँ।’यसको मतलब परमेश्वर मृत मानिसहरूका परमेश्वर हुनुहुन्न तर जिंउदा मानिसहरूसँग हुनु हुन्छ।”

लूका 20:37.
मोशाले जलिरहेका पोथ्रोको वर्णन गर्दा स्पष्टरूपले भनेका छन् कि मानिसहरू मृत्युबाट बौरी उठ्नेछन्। परमप्रभुलाई मोशाले अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले भन्नुभएकोछ।’

विश्वासको परिणाम।

लूका 16:31.
फेरि अब्राहामले भने, ‘होइन! यदि तिम्रा भाइहरूले मोशा र अगमवक्ताहरूलाई सुन्दैनन् भने, तिनीहरूले मृत्युबाट उठेर आएकाहरूलाई पनि ध्यान दिदैनन्।”‘

चेलाहरू पुनरुत्थानको साक्षी हुन्।

प्रेरित 1:21-22.
यसैकारण अब अर्को मानिस हामीसंग सम्मिलित होस् र येशू पुनरुत्थान हुनु भएको गवाही बनोस्। यो मानिस हाम्रै टोलीको हुनुपर्छ जो प्रभु येशूको जीवनकाल भरि हामीसंग रहेको हुनु पर्दछ। यो मानिस यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिएको दिनदेखि येशूको स्वर्ग आरोहण भएको दिनसम्म हामीसंग रहेको हुनुपर्छ।

प्रेरित 2:30-33.
दाऊद एक अगमवक्ता थिए अनि परमेश्वरले भन्नु भएका कुराहरू जान्दथे। परमेश्वरले दाऊदलाई वचन दिनु भएको थियो कि उनकै परिवारबाट कुनै एकजनालाई दाऊद जस्तै राजा बनाउनेछु भनी। यस्तो घटना हुन अघि नै दाऊदलाई यो कुरा थाहा थियो। यसैकारण येशूको पुनरुत्थानको विषयमा दाऊदले भनेः‘उहाँलाई नरकमा छाडिएको थिएन। उहाँको शरीर चिहानमा सडेन।’ यो उनै येशू हुन जसलाई परमेश्वरले मृत्युबाट बौराए, हामी सबै त्यस सत्यको गवाही छौं। यसकारण परमेश्वरले उहाँको दाहिने पट्टि येशूलाई उठाउनु भयो। परमेश्वरले उहाँलाई पवित्र आत्मा दिनु भयो, जो उहाँले दिन प्रतिज्ञा गर्नु भएको थियो। अनि उहाँले त्यो पवित्र आत्मा खनाउनु भयो जो तिमीहरूले अहिले देख्छौ अनि सुन्छौ।

प्रेरित 17:32.
यसर्थ पावल र सिलासले प्रभुको सन्दश जेल अधिकारी र उसको घरमा भएका सबैलाई भने।

पावलले पुनरुत्थानमा विश्वास गरे।

प्रेरित 23:6.
सभामा कतिपय मानिसहरू सदुकिहरू थिए र अन्य फरिसीहरू थिए। यो सोचेर पावलले एउटा विचार निकाले। उनी महासभाप्रति चिच्याएँ, “मेरा दाज्यु-भाइहरू, म फरसीको फरसी छोरो हुँ। म यहाँ मुद्‌दामा छु किनभने म विश्वास गर्छु मानिसहरू मृत्युबाट बौरी उठने छन्!”

प्रेरित 23:8.
सदुकीहरूको विश्वास थियो मानिसहरू मरे पछि तिनीहरू फेरि जिउँदो हुँदैनन्, अनि स्वर्गदूत अथवा आत्मा हुँदैन। तर फरिसीहरू यी सबैमा विश्वास गर्छन्।

फेलिक्सलाई दिइएको पावलको साक्षी।

प्रेरित 24:21.
मैले खाली तिनीहरूको समक्ष एउटै कुरोको घोषणा गरेको थिएँ ‘आज मेरो न्याय गरिदैछ किनभने मानिहरू मृत्युबाट जाग्नेछन् भनेर म विश्वास गर्दछु।”‘

यो सुसमाचारको भाग हो।

लूका 7:15.
त्यसपछि त्यो मरेको केटो तत्कालै उठेर बस्यो अनि बात गर्न शुरु गर्यो। येशूले त्यस केटोलाई त्यसको आमालाई सुम्पिदिनु भयो।

मत्ती 11:5.
अन्धाहरूले फेरि दृष्टि पाउँछन्; लङ्गडाहरू हिडन सक्ने हुन्छन्; कुष्ट रोगीहरू शुद्ध हुन्छ; बैह्राहरू सुन्नसक्ने हुन्छन् मरेकाहरू जागा उठ्छन् अनि गरीब मानिसहरूलाई सुसमाचाहरू सुनाइदैछ।

लूका 7:22.
अनि उहाँले यूहन्नाका चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले यहाँ जे कुराहरू देख्यौ अनि सुन्यौ गएर यहून्नालाई भन। अन्धो मानिस पनि निको भयो र देख्ने भयो। लङ्गडाहरू हिँडन थाले। कोढीहरू कोढरहित भए। बहिराहरूले सुन्न थाले। मरेकाहरूले जीवन पाए। अनि गरीब मानिसहरू परमेश्वरको राज्यको सुसमाचारहरू सुनिरहेकाछन्।

प्रेरित 4:2.
पत्रुस र यहून्नाले जे जती कुराहरू मानिसहरूलाई सिकाए त्यसकारणले तिनीहरू रिसाइसकेका थिए। ती दुइ प्रेरितहरूले भन्दै थिए मानिसहरू मृत्युबाट जाग्नेछन्। येशूको उदाहरण दिएर तिनीहरूले यो सिकाए।

Acts 4:33.
प्रभु येशूको मृत्युबाट पुनरुत्थान भएको बारेमा प्रेरितहरूले ठूलो शक्तिसंग गवाही दिए। अनि परमेश्वरले सबै विश्वासीहरूलाई आशीर्वाद दिनुभयो।

प्रेरित 17:18-19.
उसले यस्तो धेरै दिनसम्म गरी। यसले पावललाई दिक्क लाग्यो अनि यसैले उ फर्क्यो अनि त्यो आत्मालाई भन्यो, “येशू ख्रीष्टको शक्तिले म तँलाई आज्ञा गर्छु, त्यस केटीबाट बाहिर निस्की!” त्यो आत्मा लगत्तै बाहिर निस्क्यो। यस केटीका मालिकहरूले त्यो देखे अनि तिनीहरूलाई थाहा भयो अनि तिनीहरूले बुझे कि अब त्यस केटीलाई पैसा कमाउन सक्तैनन्। यसैले तिनीहरूले पावल र सिलासलाई पक्रे अनि मुख्य ठाउँमा पुर्याए जहाँ शहर अधिकारीहरू थिए।

यो येशूको ईश्वरीय छ भन्ने कुराको प्रमाण हो।

प्रेरित 2:24.
येशूले मृत्युको पीडा खप्नु परयो, तर परमेश्वरले उहाँलाई मृत्युबाट छुटकारा दिनुभयो। मृत्युले येशूलाई समाल्न सकेन। परमेश्वरले येशूलाई मृत्युबाट ल्याउनु भयो।

यो हाम्रो आशा हो ...

रोमी 6:5.
ख्रीष्ट मर्नु भयो, र हामी पनि उहाँको मृत्युकै अनुरूपमा उहाँसित मिल्यौं। यसकारण हामी उहाँको बौराइको अनुरुपमा पनि ख्रीष्टसितै मिल्नेछौं।

प्रेरित 24:15.
म परमेश्वरमा त्यही आशा गर्छु जो यी यहूदीहरू गर्छन् कि धर्मी अनि अधर्मी मृत्युबाट बौरी उठनेछ।

1 पत्रुस 1:3.
परमेश्वर जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन उहाँको प्रशंसा होस्। परमेश्वरमा सीमाविहिन कृपा छ र उनको कृपाको कारणले हामीलाई नयाँ जीवन दिइएको छ। यो नयाँ जीवनले मृत्युदेखि येशू ख्रीष्टको पुनरुत्थानद्वारा हामीप्रति सजीव आशा ल्याउँछ।

1 थिस्सलोनिकी 4:13-14.
दाज्यू-भाइहरु र दिदी-बहिनीहरू हामी चाहन्छौं, जो मृत्युको मुखमा परे तिनको विषयमा पनि तिमीहरूले जान। हामी चाहाँदैनौं कि अरू आशा नभएका मानिसहरूले जस्तो तिमीहरूले शोक गर्नु परोस्। हामी विश्वास गर्दछौं कि येशूको मृत्यु भयो। तर हामी यो पनि विश्वास गर्छौं कि येशू फेरि बौरी उठनुभयो। यसैले येशूकै कारणले परमश्वरले ती मृतहरूलाई फेरि येशूसितै एक साथ ल्याउनु हुनेछ।

यदि कुनै पुनरुत्थान छैन भने विश्वास बेकार छ।

1 कोरिन्थी 15:12-13.
ख्रीष्ट मृत्यबाट बौरी उठ्नु भयो भन्ने प्रचार गरिन्छ। तब तिमीहरूमा कति जनाले किन भन्छन् कि पुनरुत्थान भएको छैन? यदि मानिसहरू मृत्युबाट कहिल्यै पुनरुत्थान हुँदैनन् भने, ख्रीष्ट पनि मृत्युबाट बौरिनु भएको थिएन।

1 कोरिन्थी 15:16-19.
यदि मानिस मृत्युबाट बौराइनु सकिदैन भने ख्रीष्ट पनि मृत्युबाट बौराइनु भएन। अनि यदि ख्रीष्ट मृत्युबाट बोरिइनु भएको थिएन। भने तिमीहरूको विश्वास व्यर्थै हो, तिमीहरू अझै आफ्नो पापको दोषी छौ। अनि ती ख्रीष्टमा मर्नेहरू पनि नष्टै भए। यदि ख्रीष्टमा हाम्रो आशा संसारमा यसै जुनिको लागि मात्र हो भने हामी अरू जम्मै मानिसहरू भन्दा ज्यादा दुःखी छौं।

मूल पाप कारण छ त्यो ख्रीष्ट उठाइयो।

1 कोरिन्थी 15:21.
एउटा मानिसको कारण्ले पनि मानिसहरूमा मृत्यु आएको हो। यसर्थ एउटै मानिस को कारणले पनि मृत्युबाट बौराई आयो।

1 कोरिन्थी 15:42-43.
जीवित तुल्याइएका मृतहरूको पनि त्यस्तै हुन्छ। “रोपिएको” शरीर कुहुने हुन्छ। तर जब त्यस शरीरलाई जीवित तुल्याइन्छ त्यो नष्ट हुँदैन। अनादरमा त्यो गाडिन्छ, महिमामा त्यो जीवित हुन्छ। दुर्बलतामा त्यो गाडिन्छ, शक्तिमा त्यो जीवित हुन्छ।

पावलको इच्छा ...

फिलिप्पी 3:10-11.
म ख्रीष्टलाई मात्र र जेले उहाँलाई मृत्युबाट बौरायो त्यो शक्तिलाई जान्न चाहन्छु। म ख्रीष्टको कष्टको सहभागी बन्न चाहन्छु र उहाँको मृत्युमा उहाँ जस्तै हुन चाहन्छु। अनि ममा आशा छ म पनि मृत्युबाट बौरी उठ्नेछु। न्न

यो विश्वासको आधारभूत सिद्धान्त हो।

हिब 6:1-3.
यसकारण अब हामीले ख्रीष्ट बारेको प्रारंभिक पाठहरू छोडनु पर्छ र पूर्णता तिर जानुपर्छ। हामी शुरू तिरै र्फकनु हुँदैन। मृत कर्महरूलाई पछि नै छोडेर अनि परमेश्वरमा विश्वास गरेर हामीले ख्रीष्टमा हाम्रो जीवन शुरू गरेका थियौ। त्यसबेला, हामीलाई बप्तिस्माहरू,मानिसहरूमाथि हातहरू राख्ने विशेष कर्म, मृतको पुनरूत्थान र अनन्त न्यायको बारेमा सिकाइएको थियौं। तर अब हामीले अरू परिपक्व शिक्षा तर्फ बढनु पर्छ। परमेश्वरले चाहनु भए हामी त्यो पनि गछौं।

पुनरुत्थानको विगतमा भयो।

हिब 11:35.
मृतहरूलाई बौराई उठाइयो र घरमा तिनका स्त्रीहरूका हातमा सुम्पिदिइयो। अरूहरूले छुटकारा हुनदेखि आफैले अस्वीकार गरे। तिनीहरूलाई सताएर मारियो। तिनीहरूले यसै गरे किनकि तिनीहरू अझ राम्रो जीवनमा उठ्न चाहन्थे।

मत्ती 27:52-53.
चिहानहरू उघ्रिए, अनि परमेश्वरका मरिसकेका धेरै मानिसहरू चिहानबाट बौरी उठे। येशू बौरी उठ्नु भए पछि, ती मानिसहरू चिहानबाट बौरी उठे र ती नगरका थुप्रै मानिसहरूकहाँ देखापरे।

मार्था पुनरुत्थानमा विश्वास गरे।

यूहन्ना 11:24-27.
मार्थाले उत्तर दिइन, “म जान्दछु कि ऊ फेरि जाग्ने छ र जीउँदो हुनेछ जब मानिसहरू अन्तिम दिनमा पुनरूत्थान हुनेछन्।” येशूले उनलाई भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ।” जुन मानिसले ममा विश्वास गर्दछ ऊ मरे पनि उसले जीवन पाउने छ। अनि जुन मानिस ममा बाँच्छ अनि ममा विश्वास गर्छ उ वास्तवमा कहिल्यै मर्ने छैन। मार्था, तिमी यसमा विश्वास गर्छ्यौ?” मार्थाले उत्तर दिई, “हो, प्रभु म विश्वास गर्छु तपाईं नै ख्रीष्ट हुनुहुन्छ, परमेश्वरको पुत्र। तपाईं मात्र एक हुनुहुन्छ जो संसारमा आउनु भएको थियो।”

लाजरस धेरै साक्षी अघि पुनरुत्थान छ ...

यूहन्ना 12:1.
निस्तार चाड हुनु भन्दा छ दिन अघि येशू बेथानी तर्फ जानुभयो। बेथामी त्यो शहर थियो जहाँ लाजरस बस्थे। लाजरस येशूले मृत्यु बाट उठाएका मानिस हुन्।

यूहन्ना 12:9.
येशू बेथानीमा हुनुहुन्छ भनेर धेरै यहूदीहरूले सुने। तब तिनीहरू येशूलाई हेर्न त्यहाँ गए। तिनीहरू त्यहाँ लाजरसलाई पनि हेर्न गए। लाजरस जसलाई येशूले मृत्युबाट जगाउनु भएको थियो।

यूहन्ना 12:17.
जब येशूले लाजरसलाई चिहानबाट जगाऊनु भयो अनि तिनलाई चिहानबाट बोलाउनु भयो त्यसवेला त्यहाँ धेरै मानिहरू येशूसंग थिए। अब ती मानिसहरूले येशूले के गर्नुभयो अरूहरूलाई बताउन थाले।

बप्तिस्मा पुनरुत्थानको प्रतिनिधित्व गर्दछ।

1 पत्रुस 3:21.
त्यो पानी बप्तिस्मा जस्तै थियो जसले आहिले तिमीहरुलाई बचाउँछ। बप्तिस्मा शरीरको मैला धुने होइन। बप्तिस्मामा हामी परमेश्वरसित पवित्र ह्रदयको निम्ति याचना गरिरहेकाछौं। यसले तिमीहरुलाई बचाउँछ किनभने येशू ख्रीष्टलाई मृत्युबाट उठाइएको थियो।

पुनरुत्थानको - भावी घटना।

2 तिमोथी 2:18.
तिनीहरूले साँचो शिक्षा त्याग गरे। तिनीहरू सिकाउँछन् कि मृत्युबाट बौराई त पहिल्यै भइसक्यो । यही रीतले ती दुईले कति मानिसहरूका विश्वास ध्वंश पार्दैछन्।

बौरिउठाइमा पुरस्कार।

लूका 14:14.
त्यपछि तिमी धन्य हुनेछौ, किनभने क्षतिपुर्ति गर्न तिनीहरूको केही पनि हुँदैन। तर जब असल मानिस मृत्युबाट बौरी उठ्नेछ त्यसबेला तिमीहरूले इनाम पाउनेछौ।”

लूका 20:35-36.
तर ती मानिसहरू जसलाई भविष्यको संसारका निम्ति योग्य ठानिन्छ अनि मृत्युबाट उठाई ल्याइन्छ तिनीहरू विवाह गर्दैनन् अथवा तिनीहरूको विवाह गराइदैन। 36 त्यतिवेला तिनीहरू स्वर्गदूत झैं हुनेछन् अनि मर्ने छैनन्। तिनीहरू पुनर्जीवित गराइएकाछन्।”

यूहन्ना 5:29.
तब तिनीहरू जजसले राम्रो कामहरू गरेका छन् बौरी उठ्नेछन् अनि अनन्त जीवन पाउनेछन्। तर तिनीहरू जजसले आफ्नो जीवनमा दुष्ट कामहरू गरेका छन्, दोषी ठहरिनको लागि बौरिनेछन्।

2 सामान्य पुनरुत्थान।

प्रकाश 20:5-6.
एक हजार र्बष पूरा नहुञ्जेलसम्म अन्य मानिसहरु फेरि जीवित भएनन्। यो मृत्यु पछि वौरिने प्रथमपल्ट हो। 6 ती मानिसहरु जो पाहिलो पुनरुत्थानमा सहभागी भए तिनीहरु धन्य अनि पवित्र हुन्। यी मानिसहरुमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन। ती मानिसहरु परमेश्वर अनि ख्रीष्टको निम्ति पूजाहारीहरु हुनेछन्। तिनीहरुले एक हजार र्वषको निम्ति शासन गर्नेछन्।शैतानको पराजय।


ख्रीष्टको रहस्य।

अंग्रेजी। न्यूजलैटर साइट।

प्रकाशको पुस्तकमा।

 

र्याप्चर आउँदै छ।

सन्देश को प्रमुख शिक्षा।

राम्रो समाचार। - येशूले तपाईंको पापका निम्ति
मर्नुभयो।

पानी बप्तिस्मा

 
 

अलौकिक बादल।

आगो को स्तम्भ।

चिहान रित्तो छ। उहाँले
बौरिउठ्नुभएका छ।

सात मण्डली उमेर।

 

देवता वर्णन गरिएको छ।

मूल पाप।
यो एक स्याउ थियो?

   शास्त्रपदले भन्छन्। ...

किन? किनभने परमप्रभु, तपाईंले मलाई चिहानमाछोडनु हुनेछैन। तपाईंले आफ्नो आज्ञाकारी भक्तजनलाई चिहानमा त्यसै कूहुन दिनुहुने छैन।

भजनसंग्रह 16:10


पूर्ण आकार तस्वीर वा PDF
डाउनलोड गर्न छविमा क्लिक गर्नुहोस्।


Acts of the Prophet

(PDFs - अंग्रेजी।)

Chapter 9
- The Third Pull

(PDF अंग्रेजी।)

पहिले।...

पछि।...

मेरो जीवन कहानी
(William Branham).

(PDF)

How the Angel came
to me.
(PDF - अंग्रेजी।)

Pearry Green personal
testimony.

(PDF - अंग्रेजी।)


सन्देश हब।...आफ्नो भाषा चुन्नुहोस र भाइ Branham मुक्त सन्देशहरू डाउनलोड।